सिन्धुलीमा निर्माणाधिन पक्की पुल भत्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 03:19:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुलीमा बन्दै गरेको पुल भत्किएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको मरिण गाउँपालिका–२ ठुलो गर्दुवा खोलामा निर्माणाधीन पक्की पुलमा बाढी पसेपछि भत्किएको हो ।  

अनक कन्स्ट्रक्सन प्रालिले निर्माण गरिरहेको ६० मिटर लामो पुलको बिच भाग भाँचिएको छ । आयोजनाका साइड इन्चार्ज बसन्त पोखरेलले पुलको सल्याप ढलान गरेर वायर स्ट्रेचिङ गर्ने भईरहेका बेला खोलामा आएको बाढीले पुल भत्काएको जानकारी दिए । १० करोड रुपैयाँ लागतमा निर्माण थालिएको पुल भत्किएपछि ७ करोड रुपैयाँ नोक्सान भएको छ । 

मदन भण्डारी लोकमार्गको हेटौडा–सिन्धुली–चतरा खण्डमा पर्ने खोला तथा नदीहरुमा अनक कन्स्ट्रक्सनले पुल निर्माण गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved