बैशाख ३० गते महानगरमा सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 01:28:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशताब्दीको अवसरमा सार्वजनिक विदा दिने भएको छ । महानगरका मेयर चिरीबाबु महर्जनले महानगरपालिका अन्तर्गतका कार्यालयमा वैशाख ३० गते बिदा दिने बताएका हुन् ।

त्यस्तै महानगरपालिकाले जोशीको जन्मशताब्दीको अवसरमा वर्षभर नै सांस्कृतिक महोत्सव, खेलकूद प्रतियोगिता, कला प्रदर्शनीलगायतका कार्यक्रम गर्ने भएको छ । यस्ता कार्यक्रम बर्ष भरी नै गर्ने महानगरले जनाएको हो । जोशीलाई नगर परिक्रमा, गोसाइँकुण्ड दर्शन गराउनेसँगै नगरभित्र विभिन्न प्रतियोगिता र प्रदर्शनीलगायतका कार्यक्रम गरेर भब्यरुपमा मनाउन लागिएको मेयर महर्जनले बताएका हुन् ।

नगर प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले नगरभित्र जोशीको नामको पार्क निर्माण गर्ने र महानगरपालिकाभित्रको कुनै एक सडकको नाम ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गरिने बताए । उनले वर्षभर नै विभिन्न कार्यक्रम गरेर भव्यरुपमा जोशीको जन्मशताब्दी मनाउन लागिएको बताए । उनका अनुसार जोशीलाई नगर परिक्रमासँगै रक्तदान, नगरभित्रका १०० वर्ष पूरा गरेका नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ । सर्वाेच्च शिखर सगरमाथाको जोशीको तस्बीर अङ्कित ब्यानर फहराइने मेयर महर्जनको भनाइ छ ।

संस्कृतिविद् जोशीको आगामी ३० गतेदेखि ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दै छन् । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको जन्मशताब्दी मनाउन १११ सदस्यीय समिति गठन गरेको थियो । समितिमा राष्ट्रियसभाका संसद्, प्रतिनिधिसभाका संसद्लगायतका, स्थानीय तहका जनप्रतिनिधि, छिमेकी नगरपालिकाका प्रमुखलगायतको सहभागिता छ । महानगरपालिकाले गत वर्ष उनलाई सवारी साधन, मोबाइल फोन र सुरक्षागार्डलगायतको सेवा उपलब्ध गराएको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved