लम्की तनावग्रस्त, ७ प्रहरी घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 01:48:25 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने लम्कीमा ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएको हो।

रावलको मृत्युपछि स्थानीयले गरेको प्रदर्शनमा झडप भएको छ । आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत प्रयोग गर्नुपरेको छ ।

प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरी जवान रामबहादुर बुढा, सुरत रावल, रामबहादुर बुढा, सहायक प्रहरी हवल्दार प्रेमसिं धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरी घाइते भएका छन् । प्रदर्शनकारीको पक्षका लम्की बहुमुखी क्याम्पसका प्रेमराज मुडभरी पनि घाइते भएका छन् । घाइते सबैको अवस्था खतारमुक्त रहेको बताइएको छ । स्थानीय लालरत्न अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

मृतकलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved