बजेटको तयारी गर्नु पर्ने बेला किन विदेश जादै छन् मन्त्री खतिवडा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 02:55:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेटको तयारी गर्नु पर्ने बेलामा अर्थ मन्त्री विदेश भ्रमणमा जान लागेका छन । मन्त्री खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मंगलबार बेलुका फिजी तर्फ जान लागेका हुन । 

आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने छन् । बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बंैक, ओफिडलगायतका वित्तिय संस्थहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ । 

दक्षिण एशियाली क्षेत्रिय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्ने कार्यक्रम छ । यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुने कार्यक्रम छ । उनले बैठक र द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिने मन्त्री खतिवडाको सचिवालयले जनाएको छ । 

त्यस्तै उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी दिने छन । बैठकमा सहभागी हुन अर्थमन्त्री सहित अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख पनि फिजी प्रस्थान गर्ने छन् । अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved