बिद्युत प्राधिकरणमा चिलिमे र तामाकोशीका सीईओले पाए बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 05:51:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरणका ३ जना निर्देशकहरु उप कार्यकारी निर्देशकहरुमा बढुवा भएका छन्  । प्राधिकरणले संचालक समितिको बैठकले निर्देशक त्रय माधवप्रसाद कोइराला, विज्ञानप्रसाद श्रेष्ठ र ओमप्रकाश राठीलाई उप कार्यकारी निर्देशकमा बढुवा गरेको  हो  ।

बढुवा भएका कोइराला चिलिमे जलविद्युत कम्पनीका सीईओ  हुन् । लामो समय रसुवागढी हाइड्रोको सीईओ रहेका कोइराला गत बर्ष मात्र चिलिमेको सीइओ बनेका थिए   । यद्यपि उनी २०५० सालमा कम्पनी स्थापना भएयता उनी चिलिमेसँग जोडिएका थिए ।

बढुवा भएका श्रेष्ठ अपर तामाकोशी जलविद्युत आयोजनाका सीईओ हुन् । श्रेष्ठ कै नेतृत्वमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ४५६ मेगावाटको अपर तामाकोशी निर्माणाधीन छ  । त्यस्तै राठी ब्यबस्थापन तथा अनुगमन निर्देशनालयका प्रमुख हुन्  । 

बढुवा भएका तिनै जनालाई हाल कार्यरत स्थानमा नै पदस्थापन गरिएको प्राधिकरणका प्रबक्ता प्रबल अधिकारीले जानकारी दिए  । अधिकारीका अनुसार बरिष्ठताका आधारमा नियमित प्रक्रिया अनुरुप नै उनीहरुको बढुवा गरिएको हो  । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved