श्रम मन्त्रीबाट मजदुर दिवसको शुभकामना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 12:29:43 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । श्रम मन्त्री विष्टले श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजना आरम्भ गर्नुको साथै मुलुकभित्रै सम्मानपूर्वक काम पाउने अवस्थाको सिर्जना गरिएको बताएका छन् । 

१३०औँ अन्तराष्ट्रिय मजदुर दिवसको शुभकामना दिने क्रममा मन्त्री विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताए । श्रमिकको न्यूनतम पारिश्रमिकमा उल्लेख्य वृद्धि गर्नुका साथै श्रमको सम्मानलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाइएको उल्लेख गर्दै उनले श्रमिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउन प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लगायतका नवीन कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताएका छन् ।

मन्त्री विष्टले श्रमिकका आर्थिक एवं सामाजिक हक अधिकार सुनिश्चित गराउन क्रियाशील श्रमिक सङ्गठन र प्रत्येक श्रमिकले मुलुकमा औद्योगिक शान्ति एवं असल श्रमसम्बन्धको विकासका लागि आफ्नो अधिकार तथा भूमिका खोज्ने र दायित्व निर्वाह गर्ने प्रेरणा आजको दिनले सबैमा सञ्चार गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved