राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 12:43:53 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज  स्वदेश फर्केकी हुन् ।

राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा मन्त्रिपरिषद्का सदस्य, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता, नेपाल सरकारका विशिष्ट श्रेणी पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

चीनमा भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसनमा सहभागी जनाएकी थिईन् । साथै उनले उक्त फोरमलाई विशेष सम्बोधन गरेकी थिईन् । 

साथै   राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई देशबीच पारवहन तथा यातायातलगायत विभिन्न सात सम्झौतामा हस्ताक्षर गरेका थिए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved