‘ग्रीनहाउस’ मा सरे उपराष्ट्रपति पुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 03:48:35 PM मा प्रकाशित

laxmi  sunrise bank

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबारदेखि नयाँ निवासमा सरेका छन् । उनी हाल बस्दै आएको गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ग्रीनहाउसमा सरेका हुन् ।

उपराष्ट्रपति पुन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नयाँ भवनमा सरेका हुन् । गत वर्ष भदौ २१ गतेको बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

त्यसपछि वातावरणमैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीनहाउस’नामाकरण गरिएको छ उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछि मात्रै सर्नेछ । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ । यसअघि उपराष्ट्रपतिको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved