प्रधानमन्त्रीलाई काङ्ग्रेसको अपिल ‘कृपया अरिङ्गाल उत्पादन नगर्नूस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 04:15:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काङ्ग्रेसका उपसभापति विमेलेन्द्र निधिले बालुवाटार जग्गा प्रकरणमा विपक्षीलाई देखाएर प्रधानमन्त्रीले आफ्ना मान्छे जोगाउन लागिपरेको आरोप लगाएका छन् । काङग्रेस सभापति शेरबहादुर देउवाको नाम पनि उक्त जग्गा प्रकरणमा जोडिएपछि उपसभापति निधिले प्रधानमन्त्रीले झुठो प्रचार गरिरहेको आरोप लगाए । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा निधिले ३३ किलो सुन काण्ड, निर्मला प्रकरण लगायतका घटनाको छिनोफानो गर्न नसकेका प्रधानमन्त्रीले ललिता निवास प्रकरणमा पनि  ‘फलानो पार्टीको बेलामा यस्तो भएको रहेछ’ भन्दै आफ्ना मानिस जोगाउन खाजेको बताए । 

योगदानमा आधारित सामाजिक सुरक्षा कोष कांग्रेस नेतृत्वको सरकारले ल्याएको भएपनि प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले यो कार्यक्रम सुरु गरेको भनेर झुठो प्रचार गरेको निधिको भनाई छ । 

नेता निधिले प्रधानमन्त्रीलाई “प्रधानमन्त्रीज्यू सबै कुरा उत्पादन गर्नुहोला । तर, बुद्धिजीवी थला बसाल्ने अरिङ्गाल उत्पादन नगर्नूस्” समेत भने । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved