ट्रकले किच्दा दुई जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 04:26:13 PM मा प्रकाशित

laxmi  sunrise bank

पृथ्वीलोकमार्ग अन्तर्गत धादिङको गल्छी नगरपालिका–४ बेल्खुमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका–गुर्जुधाराका २९ वर्षीय राज महर्जन र चन्द्रागिरी नगरपालिका–१२ का ३० वर्षीय कवि कुमार महर्जन रहेका छन् ।

गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइलकलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा४ख ५१०३ नम्बरको माइक्रोले ठक्कर दिँदा दुर्घटना भएको हो । माइक्रोको ठक्करबाट उछिट्टएका मोटरसाइकलमा सवार दुवै जना सोही दिशातर्फ जाँदै गरेको ना६ख ५६१४ नम्बरको ट्रकको चक्कामा पुगेको र ट्रकको चक्काले किच्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक धादिङका ३५ वर्षीय राजु अर्याल र माइक्रो चालक नवलपरासीका ३७ वर्षीय धन बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved