बालुवाटारको जग्गा कहिल्यै पनि सरकारको नभएको राणा परिवारको दाबी (बिज्ञप्तिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 12:08:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुचर्चित ‘ललिता निवास’ को जग्गा प्रकरणमा सुवर्ण शम्शेर राणाका परिवारले मुख खोलेका छन्। राणा परिवारले ललिता निवासबारे बाहिर आएका समाचारहरु भ्रमपूर्ण रहेको दावी गर्दै राणाले प्रेस बिज्ञप्ती जारि गरेका छन।

शुवर्ण शम्शेर परिवारका तर्फबाट रुक्म शम्शेर, हेमाद्री शम्शेर र हाटक शम्शेर राणाले ललिता निवासबारे जोडिएर आएका प्रकाशित समाचारहरुमा सत्यता नभएको बताएका छन्।  'आफ्ना बाबु बाजे सुर्वण तथा कञ्चन शम्शेर जवराको ललिता निवास क्याम्पको घरजग्गा मुअव्जा बुझाई २०२१ सालमा अधिग्रहण भएको सम्पत्ति जफत नाममा फिर्ता गरी सरकारी जग्गा हिनामिना गरेको भनेर आएको समाचारमा सत्यता छैन' बिज्ञप्तीमा भनिएको छ।  

राणा परिवारले १७ बुँदे विज्ञप्ति जारी गर्दै भनेका छन्,‘सुवर्ण शम्शेरको नाममा दर्ता श्रेस्ता कामय भएको ललिता निवासभित्रको घर जग्गा सुवर्ण शम्शेरले मिति २०१७ साल असार १५ गतेको वण्डापत्र र मालपोत कार्यालय २०१७ असार ३१ मा र. न. १५४७ बाट पारित गरी आफ्नी श्रीमती स्वेत प्रभा राणा–१, छोराहरु कनक, कञ्चन र रुक्म शम्शेर राणालाई ५७ रोपनीका दरले दिइ बाँकी ५७ रोपनी आफ्नै नाममा राखेको जनाएका छन् ।

राणा परिवारले उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा नगएको र समरजंग कम्पनीको रेखदेखमा मात्र रहेको २१२ रोपनी जग्गामध्यबाट सुर्वण शम्शेर र कञ्चन शम्शेरको परिवारमा कानुनले तोकेको हदसम्मको जग्गा फिर्ता गरिएको उल्लेख छ ।

राणा परिवारले फिर्ता भएपछि आफूहरुले बेचेको जग्गामा बनेका घर तथा भौतिक संरचना निर्माण भएको समेत बताएका छन् । ‘उक्त संरचना निर्माण गर्न काठमाडौँ महानगरपालिकाबाट नक्सा पास भएको हुनुपर्छ । जग्गाको नामसारी, दर्ता मोही बाँडफाँड, हालसाविक सुकीविक्री भइआएको जग्गामा २५, २६ बर्षपछि एउटा छानविन समितिको नाममा विवाद सिर्जना गरी राजनैतिक पूर्वाग्रहबाट हाम्राविरुद्ध कामकारवाही भइरहेको हामीलाई अनुभूति भएको छ।'

यसैबीच राणा परिवारले मुख खोलेसँगै यसअघि यो प्रकरणमा आफ्नो बद्नाम गर्नेगरी आएका समाचारहरु झुठो सावित भएको भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले बताएका छन् । सवै कुरा राणा परिवारले जारी गरेको विज्ञप्तिमा आएको छ । त्यो विज्ञप्ति आएसँगै हामीले उक्त जग्गा प्रचलित नियम र कानुन बमोजिम व्यक्तिबाट किनेको भन्ने पुष्टि भएको छ’ सञ्चालक गुरुङले बताए । उनले भने, ‘ सरकारी जग्गा हडपेको भन्ने कुरा गलत भएको छ ।’

बालुवाटारस्थित ‘ललिता निवास’ को ११३ रोपनी जग्गामध्ये ८ आना जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलको नाममा देखिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ। पौडेलले उक्त जग्गाबारे दुई पटक सार्वजनिक स्पष्टीकरण दिइसके ।

विवादित ११३ रोपनीमध्येको ८ आना जग्गाको टुक्रा विष्णु पौडेलकोमा कसरी पुग्यो ? बाँकी १ सय १२ रोपनी ८ आना जग्गा कोसँग छ ? जस्ता प्रश्न उठीरहेको बेला राणा परिवारले जारी गरेको बिज्ञप्तीलाई अर्थपूर्ण रुपमा लिइएको छ। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved