तत्काल टर्यो फोरम र नयाँ शक्तिबीचको एकीकरण, राजपाको प्रवेशपछि भाडभैलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 05:55:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पार्टी एकीकरणको घोषणाको अन्तिम तयारिमा रहेका संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति बीचको एकीकरण तत्काललाई टरेको छ। राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) र राष्ट्रिय जनमुक्ति पार्टी पनि मिसिएपछि तत्काललाई पार्टी एकीकरण टरेको छ। 

नयाँ शक्ति पार्टी कार्यालयमा भएको छलफलमा दलहरुबीचमा राजनैतिक मोर्चाबन्दी र राजनीतिक गबन्धन बनाएर एकीकरणका लागि छलफल अगाडि बढाउने सहमति भएको बताइएको छ।

फोरम नेपाल र नयाँ शक्तिबीच वैशाख २३ गते एकता हुने बैठकमा वैकल्पिक शक्ति पनि सामेल गर्ने भनीएपछि एकीकरण घोषणा पछि सरेको हो। राजपा, फोरम, राष्ट्रिय जनमुक्ति पार्टी लगायत आदिवासी जनजाति, थरुहटहरुसँग पनि छलफल अगाडि बढाउने सहमति भएको र यसको  नेतृत्व अध्यक्ष डा बाबुराम भट्टराइले गर्ने बताइएको छ ।

छलफल चलिरहँदा अध्यक्ष उपेन्द्र यादब बैठकबाट बाहिरिएका छन। यद्दपी यादब र भटराईबीच पार्टी एकीकरणको बिषयमा आजै छुट्टै छलफल गर्ने जनाइएको छ।       


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved