‘फानी’ को असर नेपालमा पनि पर्ने पुर्वानुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 09:45:18 AM मा प्रकाशित

laxmi  sunrise bank

समुद्री आँधी ‘फानी’ को असर नेपालमा पनि पर्ने पुर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले फानी नै नेपालमा नआउने तर वर्षा तथा हावाहुरी भने चल्ने अनुमान गरेको छ । 

महाशाखाले एक सूचना जारी गर्दै चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएको जनाएको छ । ‘यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार) मौसम प्रभावित भई पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ’ सूचनामा लेखिएको छ । 

फानीको प्रभावले हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ । देशको पश्चिम क्षेत्रका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । आइतबारबाट भने मौसममा सुधार आउने मौसमविदहरुले जनाएका छन् । 

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट चक्रवात शुक्रबार दिउँसो ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ । फानी समुद्री आँधी हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved