सरकारको नीति तथा कार्यक्रम आज पेश हुने, परम्परा तोडेको कांग्रेसको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 11:27:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बार्षिक नीति तथा कार्यक्रम आज संघीय संसदमा पेश हुदैछ। मन्त्रीपरिषदको बैशाख १७ गतेको बैठकले अनुमोदन गरिसकेको नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा पेश गर्नेछिन।   

आज अपरान्ह ४ बजे नीति तथा कार्यक्रम पेश हुनेछ। नीति तथा कार्यक्रम पारित भएपछि मात्र प्रिबजेट पेस हुनेछ। वैशाख २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निती तथा कार्यक्रमको जवाफ दिनेगरी सङ्घीय संसद् सचिवालयले कार्यतालिका बनाएको छ। 

सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ। नीति तथा कार्यक्रमको जवाफ दिएर प्रधानमन्त्री भियतनाम भ्रमणमा जाने कार्यसूची छ। वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म प्रधानमन्त्री भ्रमणमा रहनेछन्। 

यसअघिका बर्षहरुमा प्रि बजेटमा छलफलपछि नीति तथा कार्यक्रम ल्याइने अभ्यास थियो। तर नेकपा सरकारले पहिलो पटक नीति तथा कार्यक्रम पछि मात्रै प्रि बजेट ल्याउन लागेको हो। नीति तथा कार्यक्रम पारित भएपछि मात्र प्रिबजेट पेस गर्ने सरकारको तयारि छ। वैशाख ३१ सम्म प्रिबजेट छलफल समेत सक्ने सचिवालयको तयारी छ। नेकपा नेतृत्त्वको सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम पेस गर्न लागेको हो।  

सरकारले जनतासंग बाचा गरेका कार्यक्रम समेटेर ल्याउने भएकाले सामान्यतया नीति तथा कार्यक्रम सरकारको कार्यक्रमको रुपमा लिइन्छ। तर सरकारले यसपटक प्रि बजेट बीना नै नीति तथा कार्यक्रम पेश गर्न लागेकाले प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसले सरकारको आलोचना गरेको छ। 

यद्दपी प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले नीति तथा कार्यक्रम पेश भएपछि प्रि बजेट छलफल हुने भएकाले छलफलमा प्रतिपक्ष सांसदको कुरा समेटिने बताएका छन। तर आफुले बोलेका कुराहरु पुरा गर्न नसकेकाले आलोचना हुने डरले सरकारले डराएर प्रि बजेट छलफल बीनानै नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रतिपक्ष कांग्रेसको आरोप छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved