फानीको प्रभाव नेपालमा, शनिबारसम्म हेलिकप्टर उडान स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 12:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शनिबारसम्म हेलिकप्टर उडानमा रोक लगाएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले भारतमा आएको फानी चक्रवातको असरले हावाहुरी बढ्ने भन्दै हेलिकप्टर नउडाउन सबै एयरलाईन्सलाई आग्रह गरेको छ । 

मौसमविद्ले फानीको प्रभावका कारण हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने सम्भावना रहेको जनाएपछि शनिबारसम्म हेलिकप्टर उडान नगर्न केन्द्रले आग्रह गरेको हो । हेलिकप्टर सोसाइटी नेपालका महासचिव योगराज कँडेलले सबै एयरलाईन्सले शुक्रबार १ः ३० बजेदेखी शनिबार दिउँसो ३ बजेसम्म हेलिकप्टर नउडाने जानकारी दिए । 

भारतमा शुक्रबार बिहानैदेखि चक्रवातको प्रभाव सुरु भइसकेको छ । प्रतिघण्टा गति २४०  किलोमिटरमा फानी चक्रवात चलिरहेको छ भने नेपालका पूर्वी जिल्लाहरुमा समेत यसको प्रभाव देखिन थालेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved