फानीको असर हिमालमा पनि, हुरीले सगरमाथाका २० वटा टेन्ट उडायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 01:55:43 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा आएको ‘फानी’ नामक आँधीको असर नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिएको छ । तीव्र गतिमा बहेको हुरीबतासले सगरमाथाको दोस्रो क्याम्पमा बनाईएका २० वटा टेन्ट उडाएको छ । सगरमाथाको छ हजार दुई सय मिटरको उचाइमा बनाईएका टेन्ट हुरीले उडाएको एक्सपीडिसन एशोसिएसनले जानकारी दिएको छ ।

‘तीब्रगतिमा चलेको हुरीले दोस्रो क्याम्पमा राखिएका २० टेन्ट उडाएको जानकारी आएको छ,’ एशोसिएसनका सचिव इश्वरी पौडेलेले भने, ‘सात हजार मिटरभन्दामाथि ८०–९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ ।’

उनका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । तर हुरीले टेन्ट उडाएपछि आरोहणमा रहेका आरोहीको भने विचल्ली भएको छ । 

हिमालयन गाइड्सका ८ जना गाइडहरुले ८ हजार मिटर उचाईमा पर्ने साउथकोलसम्म डोरी टाँगेर बाटो बनाइसकेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved