लोकसेवा मार्फत कर्मचारी माग गर्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 02:36:52 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक हप्ताभित्रै कर्मचारी समायोजनको काम टुंगिने बताएका छन् । प्रशासनिकतर्फका कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न सकिएको दाबी गर्दै मन्त्री पण्डितले अहिले स्वास्थ्यतर्फको काम धमाधम भईरहेको बताए । 

देश संघीयता कार्यान्वयनको चरणमा रहेको भन्दै उनले एकात्मक शासन व्यवस्थाबाट संघीयतामा जाने मुलुकहरुमध्ये नेपाल अरुभन्दा तीव्र गतिमा काम गर्ने देशमा पर्ने बताए । महिला तथा गम्भीर खालका रोग लागेका कर्मचारीलाई समायोजनमा पहिलो प्राथमिकता दिईने उनको भनाई छ । समायोजनका सन्दर्भमा कर्मचारीका जायज गुनासालाई सरकारले सम्बोधन गरेको मन्त्री पण्डितको दाबी छ । 

प्रदेश लोकसेवा आयोग गठन नहुञ्जेलसम्म केन्द्रले कर्मचारी भर्ना गर्ने भएकोले आगामी हप्ता स्थानीय र प्रदेशमा आवश्यक कर्मचारीका लागि विज्ञापन गरिने मन्त्री पण्डितको भनाई छ । उनले आउने आर्थिक वर्षदेखि कर्मचारीको अभाव नहुने जिकिर गरे । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved