गगन थापा शिक्षा, मिलेन्द्र रिजाल अर्थमन्त्री !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2019 | 09:33:10 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारको लागि सम्भावित मन्त्रीको नाम तय गरेको छ। सांसदहरुबाट आबेदन मागेको ४ महिनापछि कांग्रेसले २१ वटै मन्त्रालयमा छायाँमन्त्री बनाउने गरि नाम प्रस्ताब गरेको हो। 

सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छायाँ सरकारको घोषणा गर्ने कांग्रेसको तयारी छ। प्रस्तावित नाममा सभापतिले सहमति जनाए शनिबार बस्ने संसदीय दलको बैठकबाटै मन्त्रीहरू घोषणा हुने बताइएको छ। छाया सरकारमा २१ मन्त्रीसहित ६६ सांसदले भूमिका पाउनेछन् ।  

प्रस्तावित मन्त्रीको सुचिमा गगन थापा, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, बद्री पाण्डेलगायत नेता छन।

छाया सरकारका मन्त्रीमा गगन थापा शिक्षा, विज्ञात तथा प्रविधि, ज्ञानेन्द्रबहादुर कार्की भौतिक पूर्वाधार, डा.मिलेन्द्र रिजाल अर्थ, दिलेन्द्रप्रसाद बडू गृह, डा.नारायण खड्का परराष्ट्र, भीमसेनदास प्रधान रक्षा, उमाकान्त चौधरी स्वास्थ्य तथा जनसंख्या, मीन विश्वकर्मा उद्योग तथा आपुर्ती, उमा रेग्मी महिला बालबालिका, जितेन्द्रप्रसाद देव सूचना तथा सञ्चार, सञ्जय गौतम उर्जा तथा सिंचाई, किशोरसिंह राठोर वन तथा वातावरण, मानबहादुर विश्वकर्मा सामान्य प्रशासन, देबेन्द्रराज कँडेल पर्यटन, डा.डिना स्रग्रौला कृषि तथा पशुपक्षी विकास, अख्तर मुसलमान कानुन, बहादुरसिंह लामा सहरी विकास, राजेन्द्र कुमार केसी युवा तथा खेलकुद, बद्री पाण्डे खानेपानी, पार्वती डिसी चौधरी श्रम तथा रोजगार, सुजाता परियार, लक्ष्मी परियार भूमि व्यवस्था, सहकारी छन्। 

गत २४ पुसमा बसेको पार्टी संसदीय दलको बैठकले छाया सरकार बनाउने औपचारिक निर्णय गर्दै इच्छाएका तीन मन्त्रालयको नाम पेस गर्न सांसदहरूलाई भनेको थियो । ३० भन्दा बढी सांसदहरूले गरेको प्रस्तावका आधारमा छायामन्त्रीको सूची तयार गरिएको हो। 

पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय दलका उपनेता, प्रमुख सचेतकबाहेक मन्त्री भइसकेका र केन्द्रीय सदस्यमध्येबाट छायामन्त्री बनाइँदै छ । एउटा मन्त्रालय हेर्न तीनदेखि चार सदस्य तोक्ने तयारी पनि छ। 

प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार मन्त्रालयमा एक संयोजक र अरू उपसंयोजक हुनेछन् । नेपाल सरकारका मन्त्रालयहरूमा भएका राम्रा कार्यको जानकारी राख्ने, कमीकमजोरी र अनियमिततालाई जनसमक्ष ल्याउने भूमिका छायामन्त्रीहरूले खेल्ने खाणले बताए।



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved