मुस्लिम समुदायमा ब्यापक जनचेतनाको आवश्यकता: प्रम ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2019 | 08:23:59 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायमा ब्यापक जनचेतनाको आवश्यकता रहेको बताएका छन। मुस्लिम आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन। 

प्रधानमन्त्री ओलीले मुस्लिम समुदायमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा ब्यापक सामाजिक जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन। “मुस्लिम आयोगले यस समुदायमा शिक्षा ,स्वास्थ्य र सामाजिक जागरणको क्षेत्रमा व्यापक अभियान चलाएर यस समुदायमा आत्मविश्वास बढाउनु जरुरी छ” प्रधानमन्त्री ओलीले भने। 

प्रधानमन्त्री ओलीले नेपालका अरु समुदाय जस्तै मुस्लिम समुदाय पनि हरेक क्षेत्रमा अघि बढ्न सक्ने बताएका छन। “यस समुदायले समाजलाई नेतृत्व गर्न सक्ने गरी अघि बढ्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “यस समुदायको जनसंख्या कति छ भन्ने महत्वपूर्ण कुरा होइन तर यसको सामाजिक स्थिती के छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । यस समुदायलाई हामीले अघि बढाउनु पर्दछ । ” 

मुस्लिम समुदायलाई अघि बढाउनका लागि सधैं सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले स्वागत मन्तव्य राख्दै नेपालमा मुस्लिमहरुको अवस्थाका बारेमा प्रष्ट पारे।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved