संसदमा प्रश्न 'नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 12:32:20 PM मा प्रकाशित

laxmi  sunrise bank

राजपा सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भन्दै प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद महतोले यस्तो प्रश्न गरेका हुन् 

सांसद महतोले भने नीति तथा कार्यक्रम भाङ खाएर नै लेखिएको जस्तो बताए । उनले बुंदा नम्बर ७ मा आफ्नो अशन्तुष्टी रहेको बताए । त्यस बुंदामा सविधानको सर्वस्वीकार्यता कायम भएको लेखिएको र सो गलत भएको उनले बताए । 

उनले सर्वस्वीकार्यता भएको भए किन संविधान संसोधन प्रस्ताव संसदमा ल्याएको, किन सविधान संसोधन गर्न  सहमति गरेको लगायतका प्रश्न गरे । उनले संविधान पनि महाभारत, गीता, कुरान, बाइबलमा जस्तो फुल स्टप समेत फेर्न नमिल्ने हो भन्दै प्रश्न गरेका छन् ।

साथै उनले नीति तथा कार्यक्रमको बुंदा नम्बर ७ लाई संसोधन गरि संविधानको सर्वस्वीकार्यता गर्न संविधान संशोधन गरिने छ भन्ने वाक्य राख्न माग गर्दै संसोधन प्रस्ताव दर्ता गराएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved