गोपनियताको सपथ गराउने प्रचलन हटाउन सूचना आयोगको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 12:33:12 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सचेत गराएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी गोपनियताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत गराएका हुन् । 

आइतबार आयोगको ११ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बास्कोटाले राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनियताको सपथ खुवाउने तथा सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई अझै पनि निरन्तरता दिइएकोप्रति आपत्ति जनाए । उनले सूचना पाउने संवैधानिक हकको उपयोग गर्न पनि नागरिकलाई आग्रह पनि गरेका छन् । प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनमा प्रगति हुँदै आएको पनि बताए ।

सरकारले २०६५ साल बैशाख २२ गते राष्ट्रिय सूचना आयोगको गठन भएको थियो। आयोगले सूचना ऐनमार्फत् नागरिकको सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सचेत गराउँदै आएको छ । 

विगत एक वर्षमा नेपालमा ५० हजार नागरिकले सूचनाको हकको माग गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved