सरकारको नीति तथा कार्यक्रम परिवर्तन गर्न प्रतिपक्षी दलको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 01:45:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गरेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गरेका हुन् ।  । 

नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले संशोधनको माग गरेका छन् । उनले सरकारको नीति तथा कार्यक्रममा संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने माग गरेका छन्। 

सांसद रिजालले प्रस्तुत नीति तथा कार्यक्रममा  विद्यमान परिस्थितिमा आवश्यक नीतिगत प्रस्टतासहित सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न नसक्ने बताए । यसकारण पनि समग्रतामा नीति तथा कार्यक्रम संशोधन गर्नु अपरिहार्य हुने तर्क उनको तर्क रहेकोब छ ।  

राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, चन्द्रकान्त चौधरीले नीति तथा कार्यक्रमको बुँदा नं ७ ८, २०, ७९ र ३८ मा सशंोधन गर्न माग गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved