बिना भिषा कतार घुम्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 05:47:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा कार्यरत नेपालीले बिना भिषा आफन्त घुमाउन पाउने भएका छन् । कतारको राष्ट्रिय पर्यटन काउन्सिलले बिना भिषा कतार घुम्न पाउने अवसर ल्याएको हो । 

‘समर ईन कतार’ को अवसरमा कतारमा कार्यरत कामदारको आफन्तका लागी यस्तो सेवा ल्याएको हो । यो कार्यक्रम कतारको पर्यटन काउन्सिलले ३५ संघसस्थासँग मिलेर आयोजना गर्न लागेको हो । जून ४ देखि अगष्ट १६ सम्म चल्ने यस उत्सवमा सोही अवधिभित्र मात्र बिना भिषा कतार प्रवेश गर्न पाउनेछन् । 

कतारमा बस्ने नेपालीले आफन्तलाई अन्तराष्ट्रिय विमानस्थलबाट बिना भिसा प्रवेश गराउन पाउनेछन् । उक्त उत्सवको अवसरमा कतार घुम्न आएका विदेशिलाई होटल, टुर प्याकेज लगाएतमा बिशेष छुटको व्यवस्था रहेको कतारको एक सञ्चार माध्यममा उल्लेख छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved