यो बर्ष १५ खर्ब ७७ अर्ब ७७ करोडको बजेट, कर्मचारीको तलब बढ्ने पक्का !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 09:29:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आर्थिक बर्ष २०७५-७६ को बजेटमार्फत कर्मचारीको तलब बढाउने भएको छ। करिब १५ खर्ब ७७ अर्ब ७७ करोडको बजेट ल्याउने तयारिमा रहेको सरकारले कर्मचारीको तलबसंगै सामाजिक सुरक्षा भत्ता समेत बढाउने पक्का पक्कि भएको जनाइएको छ। 

पछिल्लो ३ बर्षदेखि तलब नबढेकाले यस पटक कर्मचारीको तलब बढाउन लागिएको बताइएको छ। 'के कति प्रतिशतले तलब बढाउने भन्ने बिषय  टुंगो नलागेपनि यस पटक कर्मचारीको तलब बढ्ने पक्कापक्कि छ' स्रोतले भनेको छ, 'यति उति भन्ने पक्कापक्कि नभएपनि १२ देखि २५ प्रतिशतको बिचमा बढाउने छलफल छ'।  

त्यस्तै सामाजिकसुरक्षा भत्ता अन्तर्गत सरकारले जेष्ठ नागरिकले पाउने वृद्धा भत्ता कम्तिमामा पनि मासिक एक हजार रुपैयाँले बढाउने निश्चित भएको बताइएको छ। '२ हजारले बढाउने प्रस्ताब आएपनि अहिलेलाई हजार रुपैयाँले मात्र बढाउने पक्का भएको छ' स्रोतको भनाई छ। अहिले जेष्ठ नागरिकले मासिक २ हजार रुपैयाँका दरले वृद्धा भत्ता प्राप्त गर्दै आएका छन।

अर्थमन्त्री डा युबराज खतिवडाले आइतबार दिउँसो ४ बजे बजेटको बिषयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व महालेखा परीक्षक लगायतकासंग छलफल गरेका छन। छलफलमा सहभागीहरुले बजेटमा श्रोत सुनिश्चिता गर्न सुझाव दिएका छन। त्यस्तै उनीहरुले अहिले संघीय बजेट वितरणमा समुचित नभएको गुनासो बढिरहदा भविष्यमा प्राकृतिक स्रोतको व्यवस्थापनमा समेत समस्या बल्झिन सक्ने भएकाले समयमै प्राकृतिक श्रोत तथा वित्त आयोगलाई स्वायत्त बनाउनु पर्ने सुझाब दिएका छन।       


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved