राष्ट्रबैंक अर्थ मन्त्रालयको शाखा जस्तो भयो: पुर्व अर्थमन्त्री कार्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 11:40:53 AM मा प्रकाशित

laxmi  sunrise bank
पुर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले राष्ट्र बैंक र केन्द्रिय तथ्यांक बिभाग अर्थ मन्त्रालयको शाखा जस्तो बनेको बताएका छन। सोमबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै कार्कीले स्वायत्त हुनु पर्ने राष्ट्र बैंक र केन्द्रिय तथ्यांक बिभागलाई सरकारले मन्त्रालयको एउटा शाखा जस्तो बनाएको आरोप लगाएका हुन् ।

सरकारले राष्ट्र बैंक र केन्द्रीय तथ्यांकलाई प्रतिकुल तथ्यांक लुकाउन दबाब दिएको, र तथ्यांक तोडमोड गरेर सार्बजनिक गरिएको समेत नेता कार्कीले दाबी गरे। यहि कारण आर्थिक वृद्धि लगायतका तथ्यांक सहि रुपमा नआएको उनले बताए  । उनले तथ्यांकमाथि राजनीति नगर्न समेत सरकारलाई आग्रह गरे।

उनले नीति तथा कार्यक्रम प्रपोगान्डा भएको बताए  । उनले भने 'नीति तथा कार्यक्रम महत्वकांक्षी, अस्पष्ट, अमुर्त छ, यो हचुवाको भरमा आएको सतही भाषण जस्तो छ'  । साथै उनले बार्षिक नीति तथा कार्यक्रममा २-४ बर्षपछिका कार्यक्रम किन राखियो भन्दै सरकारसंग प्रश्न गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved