‘राष्ट्रपतिको सरकार’लाई गगन थापाका प्रश्नै प्रश्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 03:05:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई सम्बोधन गर्दा राष्ट्रपतिको सरकार भन्दै व्यंग्य गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले सरकारमाथि ६ वटा प्रश्न गरेका छन् । 

‘सपना देख्ने क्षमता पनि राख्न सकेको छैन’, थापाले भने, ‘ऊर्जा मन्त्रालयमा दश वर्षमा दश हजार, पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत भन्यो, अहिले आएर ३ हजार ५ सय मेगावाट बनाउँछु भन्छ । अघिल्लो वर्ष पूर्व पश्चिम राजमार्ग र रसुवागढी–काठमाडौं ७ सय ६५ केभीको प्रसारण लाइन विस्तार गर्छु भनेको सरकार अहिले भन्छ म ४ सयको बनाउँछु ।’

थापाले सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा ६ वटा प्रश्न गरे । 

१) चालू वर्ष तपाईंको सरकारले संसदलाई आदेश दियो, अदातललाई तर्सायो, संवैधानिक आयोगलाई गिजल्यो । के यो वर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ ?

२) चालू वर्षमा तपाईंको सरकारले नागरिकको आधारभूत स्वतन्त्रता खोस्न कानुन बनाउने प्रयत्न गर्‍यो । भएको कानुनको दुरुपयोग गर्‍यो । के यो वर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ ?

३) राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न उक्साएर राष्ट्रपतिको संस्थालाई बदनाम गर्ने काम गर्‍यो । के यो वर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ ?

४) संघीयता कार्यान्वयनका लागि बनाउनुपर्ने कानुन बनाएन । आवश्यक नियम बनाएन । कर्मचारी पठाएन । स्रोत र साधन मुठी कसेर राख्यो । तर आदेश भने दियो । मुख्यमन्त्रीलाई अञ्चालाधीश जस्तो स्थानीय तहलाई विभाग जस्तो व्यवहार गर्‍यो । के यो वर्ष पनि यहि नीतिलाई निरन्तरता दिनेछ ?

५) भ्रष्टाचार गर्दै गर्दिन, हुन पनि दिन्न, भएको भए विद्यानष्ट भनेर कसम खायो । तर एक सय एक काण्डहरूमा प्रधानमन्त्रीले अनुसन्धानलाई प्रभावित गर्ने गरिकन फैसला सुनाउनुभयो । यो दोषी यो निर्दोष भनेर के यो वर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ ?

६) शासकीय क्षमता बढाउन गर्नुपर्ने संरचनागत, प्रक्रियागत केही पनि सुधारहरू नगर्ने तर चटकहरूबाट चमत्कार हुन्छ भन्ने ठानिरहने तपाईंको सरकारले यो वर्षको नीतिलाई आउँदो वर्ष पनि निरन्तरता दिनेछ ?

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved