यामाहाको एफजेड राइडर टोलि जोमसोममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 03:53:20 PM मा प्रकाशित

laxmi  sunrise bank

यामाहाको  ‘यामाहा एफजी राइड विथ रोडिज् टु लोमान्थाङ’ यात्राको टोलि जोमसोम पुगेको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आयोजना गरेको उक्त यात्राको औपचारिक सुरुवात  शनिबार काठमाडौंबाट गरिएको थियो । 

टोलिले कठोर  हिमालि  भौगालिक क्षेत्र भएको अपर मुस्ताङसम्म ९ दिनको यात्रा गरेर फर्कनेछ । ९ दिनको यात्रामा राइडरहरुले १३०० किमि दुरि पार गर्नेछन ।  यात्रामा १३ जना एफजि राइडर रहेका छन । राइडरको हौसला बढाउन द हिमालयन रोडिजका जजहरु रेमनदास श्रेष्ठ र दिया मास्के र दोश्रो सिजनको बिजेता आयुष श्रेष्ठ यात्रामा सहभागि छन् । 

देशको विभिन्न ठाउँमा गरिएको अडिशनबाट राइडर छानिएको एमएडब्ल्यु इन्टरप्राइजेजले जनाएको छ । राइडरहरुले हिमाली क्षेत्रको सुन्दरता र सांस्कृतिक विविधताको पनि अवलोकनको साथै मुक्तिनाथ, झारकोटस्थित मुक्तिनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रगी वितरण गर्ने कम्पनिले बताएको छ । 

एफजीको टोलीमा भर्खरै नेपालमा सार्वजनिक भएको यामाहा एफजी एस एफआई भी ३।० बाइक पनि सहभागी छ । यसमा फ्युल इन्जेक्सन र एबिएस प्रविधि रहेको कमानीले जनाएको छ । 

टोलीमा इटहरीका विशाल राई र सन्दिप शर्मा, चितवनका सम्मान श्रेष्ठ र सुजन पौडेल, बुटवलका अनिल बराल र सागर बुर्जमगर, काठमाडौंका जीवन बयलकोटी, दिपु महर्जन र आयुषराज खनिया, पोखराका सन्दिप क्षेत्री, ज्ञानेन्द्रविक्रम शाही, विशाल अर्याल र महिला चालक पूजा गुरुङ रहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved