नेपाली महिलाले गुन्यू चोली अनिवार्य लगाउनोस्ः पूर्वमन्त्री तामाङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 06:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले नेपाल र नेपालीको पहिचान नै पोशाक भएको भन्दै यसको सरंक्षण र प्रर्वद्धनमा जोड दिएका छन् । 

नेपालको राष्ट्रिय झण्डा विश्वसामू अलग पहिचानको भएजस्तै नेपालको राष्ट्रिय पोशाक पनि विश्वमै अलग पहिचान बोक्ने खालको भएको उनको भनाई छ । उनले भने,‘विश्वको जुनसुकै कुनामा दौरा–सुरुवाल र राष्ट्रिय झण्डा बोकेर उभियो भने त्यो नेपाली नै हो भनेर विश्वले चिन्दछ ।’ तामाङले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा जाँदा नेपाली भाषामा गरेको सम्बोधनले नेपालको राष्ट्रियता बोकेको सुनाए । 

तामाङका अनुसार मन्त्री तथा प्रधानमन्त्रीहरुले अंग्रेजी भाषा जान्दै नजाने पनि त्यो राम्रो होईन भन्न मिल्दैन, नेपाली भाषामै सम्बोधन गरेर कार्यक्रममा उपस्थिति भएमा सम्मानजनक मानिन्छ । अंग्रेजी भाषा राम्रोसँग जान्दै नजानी विभिन्न कार्यक्रममा बोल्नाले साना तिना गल्तीहरुले पनि ठूलो आलोचना खेप्नुपरेको उनले बताए । 

नेपाली महिलाहरु अन्तर्राष्ट्रिय समारोहमा सारी लगाएर सहभागी जनाउँदा भारतीय महिलाजस्तो देखिने भएकोले नेपाली महिलाहरुले अब गुन्यु–चोली लगाउनुपर्ने उनले बताए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved