बालुवाटार जग्गा प्रकरणमा कारबाही भोग्नु तयार छु: महासचिव पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 06:18:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस बिषय गम्भीरतापूर्वक छानबिन गर्न माग गरेका हुन् । साथै उनले आफु पनि ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारे ।

महासचिव पौडेलले भने , “ललिता निवास जग्गा प्रकरणमा केही नेतासहित मेरो पनि नाम जोड्ने प्रयास भएपछि यस विषयमा विज्ञप्तिमार्फत आफूले स्पष्ट गरिसकेको छु,  यस प्रकरणमा म दोषी ठहर भएका कारबाही भोग्न तयार भएको अवगत गराउन चाहान्छु ।

साथै उनले  वर्तमान सरकारले गैरकानूनी तवरमा व्यक्तिका नाममा रहेका सरकारी जग्गा सरकारको स्वामित्वमा फर्काउन चालेको कदमको स्वागत गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved