कोटेश्वरमा शंकास्पद वस्तु फेला, सवारी आवागमन प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 06:54:13 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको कोटेश्वरमा शंकास्पद वस्तु भेटिएको छ । कोटेश्वरस्थित मुनिभैरव नजिकैको पार्किङमा शंकास्पद बस्तु फेला परेको  हो । शंकास्पद बस्तु भेटिएपछि प्रहरी र नेपाली सेनाको टोली पुगेको छ । स्कुल ब्याग भेटिएको र त्यस भित्र शंकास्पद वस्तु रहेको हुन् सक्ने अनुमान गरिएको छ  

शंकास्पद बस्तु भेटिएकोले त्यस स्थानको सडक खाली गराईएको छ । जसका कारण पिक अवारमा सवारी आवागमन प्रभावित भएको छ । महानगरीय ट्राफिक प्रहरीले कोटेश्वर- भक्तपुर हुदै चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाटै डाईभर्सन गरिएको छ भने ट्राफिक प्रहरीले कोटेश्वर चोक हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । 



तस्विर: सौरभ कार्की/ट्वीटर 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved