पोखरा महानगरका यी स्थानमा सिसी क्यामरा जडान गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 07:54:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आपराधिक गतिविधिलाई रोकथाम गर्ने उद्देश्यले पोखरा महानगरपालिकाका थप छ वडामा सिसी क्यामरा जडान गरिने भएको छ । सिसी क्यामरा जडान गरिने क्षेत्रका दृश्य जिल्ला प्रहरी कार्यालयको कक्षबाट अवलोकन गर्न सकिने बताइएको छ । महानगरपालिकाको लेकसाइडलगायत अन्य वडाका कतिपय व्यस्त ठाउँहरुमा सिसी क्यामरा जडान भइसकेका छन् ।

शान्ति सुरक्षालाई ध्यानमा राखी महानगरपालिकाको २६, २७, २९, ३०, ३१ र ३२ वडाका विभिन्न व्यस्त ठाउँमा सिसी क्यामरा जडान गर्ने सम्बन्धमा लेखनाथ सामुदायिक सेवा केन्द्रद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा सो सहमति भएको हो । प्रारम्भिक चरणमा रु ३३ लाखको लागतमा पोखरा–२६ को विजयपुरदेखि कोत्रेसम्म र तालचौकदेखि वेगनास ताल, पोखरा विश्वविद्यालय, अर्रधौचोकदेखि रिठ्ठेपानी, तल्लो गगनगौँडादेखि राजाको चौतारा र राजमार्ग क्षेत्रसमेत गरी ३१ सिसी क्यामेरा जडान गर्ने लक्ष्य राखिएको बताइएको छ ।

सो अवसरमा प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले सिसी क्यामरा जडान भएपछि आपराधिक मानसिकता कमजोर हुनुका साथै यसको नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णहरि भण्डारीले यस अवधारणलाई साकार पार्न सरोकार निकायबीच सहकार्य गरी प्राविधिक पक्षको सम्बन्धमा गहन छलफल आवश्यक रहेको सुझाव दिए । सिसी क्यामरा जडान समितिका संयोजक मोती गिरीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानलाई सफल बनाउन विभिन्न सङ्घ–संस्थाको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved