काठमाडौँ प्रहरी प्रमुख फेरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 08:01:25 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा रहेका सुवेदीलाई काठमाडौँ प्रमुखको जिम्मेवारी दिइएको हो । यसअघि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामा रहेका थिए । लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।

त्यस्तै प्रहरी प्रधान कार्यालय नक्सालले अपराध अनुसन्धान महाशाखामा प्रमुखको पनि हेरफेर गरेको छ ।  यस अघि विराटनगर तालिमकेन्द्रमा रहेका सहकुल थापालाई अनुसन्धान महाशाखामा प्रमुखको जिम्मेवारी दिइएको छ । थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो । सिंहलाई भने प्रहरी प्रधान कार्यालयको तालिम निर्देशनालयमा पठाइएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved