अनिश्चिनकालीन बिराटनगर बन्द फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 08:14:38 AM मा प्रकाशित

laxmi  sunrise bank

अनिश्चिनकालीन बिराटनगर बन्द फिर्ता भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आन्दोलनरत पक्षले उठाएका माग सम्बोधन हुने प्रतिबद्धता जनाएपछि आम हडताल फिर्ता भएको हो ।

मुख्यमन्त्री राई र आन्दोलनरत पक्षबीच भएको छलफलपश्चात् आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताए । विराटनगरमा नै कार्यपालिका र व्यवस्थापिकालगायत संरचना राख्नुपर्ने माग गर्दै आन्दोलनरत पक्षले सोमबारदेखि अनिश्चितकालीन विराटनगर बन्दको आह्वान गरेका थिए । बन्दका कारण लामा तथा छोटा दूरी सार्वजनिक सवारीसाधन, स्कूल र कलेज बन्द हुनाका साथै बजार आंशिक रुपमा बन्द भएका थिए ।

 प्रदेशसभाको सोमबारको बैठकले दूई तिहाई बहुमतबाट राजधानी बिराटनगर बनाउने प्रस्ताब पारित गरिसकेको छ । कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा कुनै मत परेन।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved