पोखरा विमानस्थलमा हेलिकप्टर दुर्घटना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 03:56:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा विमानस्थलमा हेलि एयरको जाइरोकोप्टर दुर्घटनाबाट जोगिएको छ । अवतरणका क्रममा ओभर रन हुँदा जाइरोकोप्टरमा आंशिक क्षति पुगेको छ । 

मंगलबार पौने दुई बजे यात्रु लिएर साइट सिनका लागि उडान गरिएको जाइरोकोप्टर पोखरा विमानस्थलमा अवतरणका क्रममा ओभर रन भइ धावनमार्गभन्दा पर पुगेको विमानस्थलका प्रमुख भोला प्रसाद गुरागाईंले बताए । उनका अनुसार सवार चालक र यात्रु सकुशल छन् । 

उक्त जाइरोकोप्टरमा चालक फ्रान्सेली नागरिक एरिक र यात्रु अविनाश भट्टचन रहेका थिए । साइटसिइङका लागि उडान गरिने जाइरोकोप्टरमा चालकसहित दुई जनाको मात्रै क्षमता हुन्छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved