उपेन्द्रबाट बाबुरामले लिए पार्टी सदस्यको शपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 04:09:44 PM मा प्रकाशित

laxmi  sunrise bank

समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवबाट शपथ ग्रहण गरेका छन् । बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भई बनेको समाजवादी पार्टी, नेपालको पहिलो पूर्ण बैठकमा शपथ ग्रहणको कार्यक्रम थियो । 

पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा उपप्रधानमन्त्री उपेन्द्रले बाबुरामसहित केन्द्रीय समितिका ४ सय ३० सदस्यलाई शपथग्रहण गराएका हुन् । 

उपेन्द्र पार्टी अध्यक्ष हुन् भने बाबुराम संघीय परिषद् अध्यक्ष हुन् । पार्टीको आधारपत्रमा केन्द्रीय समितिको अध्यक्ष कार्यकारी हुने व्यवस्था छ । उपेन्द्रले कार्यकारी अध्यक्षका हैसियतले बाबुरामसहित वरिष्ठ नेता अशोक राईलाई शपथ गराएका हुन् ।

बैठकमा केन्द्रीय समितिका ८० वर्षीय बृद्ध नेता प्रेमकृष्ण पाठकले उपेन्द्रलाई पहिला शपथग्रहण गराएका थिए । लगत्तै यादवले सबै नेतालाई शपथग्रहण गराएका हुन् । 

बैठकमा उपेन्द्रले नेपाली भाषामा लेखिएको शपथग्रहण पढेर अरूलाई वाचन गर्न आग्रह गरे पनि परिषद् अध्यक्ष बाबुराम र वरिष्ठ नेता अशोक राईले शपथको भाषा वाचन गरेनन् ।

मञ्चमा बसेका सबैले उठेर शपथ लिए । तर, बाबुराम र अशोकले भने यादवले वाचन गरेको शपथ वाचन नगरी उभिइरहे । यादवको निर्देशनअनुसार उनीहरुले छातीमा हात भने राखेका थिए । 

उपेन्द्रले शपथको बेहोरा वाचन गर्दा अरु केन्द्रीय सदस्यले उनलाई पछ्याए । बाबुराम र अशोक भने नबोली हातमा भएको शपथको बेहोरा हेरेर उभिरहे । 

शपथग्रहण सकिएपश्चात बाबुराम र राईले आफ्नो नाम र पद लेखेर शपथग्रहणको बेहोरामा हस्ताक्षर गरेर बुझाए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved