डिभीको रिजल्ट सार्वजनिक, यहाँबाट हेर्नुहोस नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 10:24:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सन २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डीभी) को नतिजा सार्वजनिक भएको छ। सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो। 

डिभी पर्नेहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ। अमेरिकाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ। अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो ।

अमेरिकाले ल्याउने उक्त कार्यक्रममा हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् । भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् ।

यसको नतिजा https://dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

डिभीको रिजल्ट चेक गर्ने साइटमा अत्याधिक ट्राफिकको कारण वेवसाइट खुलेको छैन। भिजिटरको संख्या अत्यधिक भएकाले रिजल्ट हेर्नलाई धैर्य गर्नुहोस  ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved