धुलिखेलको डाँडोमा विमान दुर्घटना !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 06:50:23 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको धुलिखेल नगरपालिकास्थित देवीथानस्थान डाँडामा सुरक्षाकर्मीहरु निकै हतारमा देखिन्थे । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका जवानहरु विमान दुर्घटनापछि उद्दारमा व्यस्त थिए । 

सुरक्षाकर्मीहरु आगो लागेर दुर्घटना भएको विमानको आगो निभाउन, घाइतेको उद्दार गरेर अस्पताल पठाउन, मृतकको पहिचान गर्न खटिएका थिए । लामो समयसम्म सुरक्षाकर्मीहरु घाइतेलाई स्ट्रेचरमा बोकेर हेलिकोप्टरसम्म पुर्‍याउने, गाडीमा राखेर अस्पताल लैजाने, घाइते र मृतक पहिचान गर्ने र आगो निभाउने काममा खटिए ।




घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले तुम्लिङटारबाट काठमाडौं उडेको ट्वीनअटर ९ एन इको १०० इको विमान दुर्घटना भएको जानकारी दिए । ‘जसमा १४ जना यात्रु र तीनजना चालकदल गरी १७ जना थिए’ उनले, ‘त्यसमध्ये १० जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।’ प्रजिअ राउतका अनुसार एकजना गम्भीर घाइतेलाई हेलीबाट काठमाडौं पठाइएको छ । बाँकी ६ जनालाई भने धुलिखेल अस्पतालमा पठाईएको छ । 



तर, यो सत्य घटनामा आधारित थिएन । यदि दुर्घटना भईहाल्यो भने दुर्घटनापछिको उद्दार कसरि गर्ने भन्ने बारेको पूर्वअभ्यास थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले हरेक दुई वर्षमा यस्तो पूर्वाभ्यास गर्दै आएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved