संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा नयाँ कार्यसमिति, अध्यक्षमा दुलाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2019 | 08:50:36 PM मा प्रकाशित

laxmi  sunrise bank

'संबैधानिक तथा न्यायिक पत्रकार मञ्च'मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको अधिवेशनले दुर्गा दुलालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। 

त्यस्तै मन्चको उपाध्यक्षमा कालिका खड्का, महासचिव भाषा शर्मा, सचिव दीपक खरेल र कोषाध्यक्षमा निराजन पौडेल चयन भएका छन।अध्यक्ष दुलाल नेपाल लाइभका चिफ रिपोर्टर हुन।

उपाध्यक्ष खड्का राष्ट्रिय समाचार समिति, महासचिव शर्मा नागरिक दैनिक, सचिव खरेल नेपाल खबर र कोषाध्यक्ष पौडेल राजधानी दैनिकमा कार्यरत छन् । त्यस्तै कार्य समिति सदस्यमा दीपक आचार्य र शरद ओझा चयन भएका छन। कानुन तथा अदालतको क्षेत्रमा कलम चलाउने पत्रकारहरुको साझा संस्था दश बर्ष अघि स्थापना भएको हो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved