अमेरीकामा पनि पत्रकारलाई जरिवाना हुन्छ: मन्त्री बाँस्कोटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 07:31:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चार प्रविधि तथा सुचना मन्त्री गोकुल प्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर पार्ने गरि मिडिया काउन्सिल विधेक नल्याएको बताएका छन् । प्रेसका नाममा छाडातन्त्र गर्ने काम स्वतन्त्रताको मुल्य र मानक नभएको बाँस्कोटाको भनाई थियो । सरकार प्रेसविरोधि नभएको बताउँदै आतङ्कवादको संरक्षणमा लेख लेखे अमेरिकामा पनि १ लाख सम्म जरिवाना हुने गरेको उदाहारण समेत दिए । टेलिकममको सञ्चारको टावरमा बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्नु कुन पत्रकारीता हो भनेर प्रति प्रश्न गरे ।  अधिकार पन्नाा लेखेर मात्र नआउने बताउँदै संविधान भन्दा बाहिर गएर कुनै कानुन नबन्ने बताए । 

सरकाले समानुपातिक विज्ञापन पद्धति लागु गर्न खोजेको बताउँदै यसले साना मिडियालई पनि सहयोग पुग्ने बताए । कालो झड्दा लिएर हिड्नेसँग नडराउने भन्दै लोकतानित्रक प्रणालीलाई सुदृढ गर्ने कुरामा पछि नहट्ने उल्लेख गरे । सरकाले श्रमजिवी पत्रकारलाई न्यूनतम पारिश्रीक दिने प्रयास गरेको तर दिनुहँदैन भन्नेको हावी हुन लागेको मन्त्री बाँस्कोटाले उल्लेख गरे ।  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved