समितिको कोरम पुर्याउन राम कुमारी झाँक्रीलाई पुर्वअर्थमन्त्रीको फोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2019 | 04:16:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरम नपुगेपछि अर्थसमितिको पुर्व बजेट छलफल कार्यक्रम करीब एक घण्टा ढिलागरि सुरु भयो। शनिबार दिउँसो २ बजेलाई डाकिएको बैठक कोरम नपुगेपछि २ पटक स्थगित भएपछि पुन ३ बजे संचालन भएको हो। 

बैठकको कोरम नपुगेपछि बैठक स्थलबाट नै पुर्व अर्थमन्त्री समेत रहेका अर्थसमिति सदस्य सुरेन्द्र पाण्डेले रामकुमारी झाँक्रीलाई फोन गरेर हाजिर गर्नलाई मात्रै भएपनि बैठकमा सहभागि हुनलाई भने। 'कोरम पुगेन, हाजिर गर्नलाई मात्र आउनु पर्यो' पाण्डेले फोन मार्फत भने। यद्दपी झाँक्री भने आजको बैठकमा सहभागि भइनन। 

संघीय संसदको मिनी संसद मानिने अर्थसमितिमा कुल २५ जना सदस्य छन। बैठक संचालनलाई कम्तिमा बहुमत अर्थात १३ जना सदस्यको उपस्तिथी आवश्यक हुन्छ।   

दुई बजे सुरु हुनुपर्ने बैठक दुई पटक सम्म १०-१० मिनेटलाई स्थगित भएको थियो। साढे २ बजे पहिलोपटक १० मिनेटलाई स्थगित भएको थियो भने त्यसपछि ३ बजे दोस्रो पटक १० मिनेटलाई स्थगित भएको थियो। अन्तिममा १३ जना एकै पटक उपस्थित नदेखिएपनि सम्भवत १३ जनाको हस्ताक्षर पुगेपछि बैठक सुचारु भएको थियो। 

समितिमा २२ बुंदे सुझाब पेश 

पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा गठित उपसमितिले देशका बिभिन्न ११ ठाउँमा आयोजना गरेको पुर्व बजेट छलफलबाट संकलन गरेको २२ बुंदे सुझाब सहितको प्रतिबेदन अर्थ समितिमा पेश गरेका छन। पुर्वको टोलिको नेतृत्त्व गरेका पाण्डे र पश्चिमको टोलिको नेतृत्त्व गरेका कार्कीले प्रतिबेदन पेश गरेका छन। समितिले उक्त प्रतिबेदन जेठ ६ गते सरकारलाई बुझाउने अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिएका छन। दाहालले सार्वजनिक खरिद ऐनमा धेरैले प्रश्न उठाएको र सरकारलाई त्यसलाई प्राथमिकतामा राखेर बजेट ल्याउनलाई सुझाब दिईने बताए।   


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved