घरेलु औद्योगिक प्रदर्शनी बुधबारदेखि, यस्ता छन् आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 02:25:40 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी हुने भएको छ । काठमाडौँमा प्रदर्शनीको ३० औँ संस्करण हुन लागेको हो । 

"आर्थिक समृद्धिको लागि उद्योग खोलौँ, औद्योगिकरणको लागि सवै जुटौ" भन्ने मुल नाराको साथ हुन लागेको प्रदर्शनि  भृृकुटि मण्डपमा जेष्ठ २२ गतेदेखि २६ गतेसम्म सन्चालन हुनेछ । बैशाखमा हुने भनिएको प्रदर्शनी विविध कारणले हुन नसकेपछि पर्सिदेखि हुन लागेको हो । प्रदर्शनीमा २०० वटा साना तथा लघु घरेलु उद्योगका स्टलहरु रहनेछन् । जसमध्य ७७ जिल्ला बाट प्रति जिल्ला कम्तिमा एउटा उद्यमिको सहभागिता सुनिस्चित गरिएको छ ।

७७ वटै जिल्लाको सहभागिता रहने प्रदर्शनीमा प्रदेश स्तरिय उत्पादनहरुको छुट्टै प्याभिलियन रहनेछ । प्रदर्शनीमा उत्कृष्ट उद्यमिलाइ पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । 

प्रदर्शनि  घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कर्मस, नेपाल हस्तकला महासंघ, साना तथा मझौला व्यवसायी महासंघ नेपाल र राष्ट्रिय लघु उद्यमी महासंघसँग सहाकार्यमा हुन लागेको होे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved