भारतीय रियालिटी शो सारेगमपको फाइनलमा २ नेपाली बालक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 06:20:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बालकद्वय आयुष केसी र प्रीतम आचार्य भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो 'सारेगमप लिटल च्याम्प्स' को फाइनलमा पुगेका छन्। केसी भक्तपुरको ठिमी र आचार्य सुनसरीको इटहरीका बासिन्दा हुन्। 

प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा आइतवार केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन्। सेमिफाइनलमा नौ जना सहभागी थिए।

उक्त रियालिटी शो जी टीभीमा हरेक शनिवार र आइतवार बेलुका प्रशारण हुँदै आएको छ। गत फेब्रुअरी ९ बाट सुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ। उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन्। फाइनल प्रतिस्पर्धा यसै साता प्रसारण हुने छ।

आइतवार भएको सेमिफाइनलको प्रतिस्पर्धाको प्रस्तुतिमा केसी र आचार्यले शत प्रतिशत अङ्क पाए। त्यतिमात्र होइन कार्यक्रमका निर्णायकहरूले उनीहरू दुवै जनालाई जुरुक्कै बोकेका थिए। प्रीतम आचार्यको प्रस्तुति हेरिसकेपछि बलिउड सङ्गीतकार आनन्दराज आनन्दले 'स्मरणयोग्य प्रस्तुति' भन्दै प्रोत्साहन दिएका थिए। दुई साताअघिको प्रस्तुतिमा अभिनेता सलमान खानले प्रीतम आचार्यलाई "तिमीले नेपालले गर्व गर्ने काम गरिरहेका छौ" भनेर प्रतिक्रिया दिएका थिए। आयुष केसीले गीत गाएपछि निर्णायक मण्डल 'ग्र्यान्ड ज्युरी'का प्रायः सबै सदस्यले उनलाई जुरुक्कै बोकेका थिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved