यार्सा टिप्न गएका आठ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 11:37:34 AM मा प्रकाशित

laxmi  sunrise bank

डोल्पामा यार्सागुम्बा टिप्न गएका आठ जनाको मृत्यु भएको छ । डोल्पाको पाटनमा गएका यार्सा संकलनमध्ये केहीको लेक लागेर र केहीको लडेर मृत्यु भएको बताईएको छ । 

मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर मृत्यु भएको छ । जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डेको १० जेठमा मा कागमारास्थित लेकमा भीरबाट लडेर मृत्यु भएको थियो ।

त्यस्तै डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धीकुमारी कार्कीको जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर निधन भएको थियो । शे–फोक्सुण्डो गाउँपालिकाको प्यारीकोप्कामा जाजरकोट बारेकोट गाउँपालिका–६ का २२ वर्षीय रमेश चलाउनेको जेठ १७ गते लेक लागेर मृत्यु भएको थियो भने जाजरकोटकै बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकको जेठ १८ गते लेक लागेर मृत्यु भएको थियो ।

रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकाको ताक्सीलेकमा जेठ २० गते लेक लागेर मृत्यु भएको थियो । जेठ १९ मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भएको थियो । यही जेठ २० गते काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको छ भन्ने जानकारी आउन सकेको छैन । 

यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएका छन् । शिविरमा आधा दर्जन बढी घाइते र बिरामीको उपचार भइरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved