‘धर्ती माता’ हुँ भन्ने महिलामाथि प्रहरीले अनुसन्धान थाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 12:33:45 PM मा प्रकाशित

laxmi  sunrise bank

आफूलाई धर्ती माता बताउने महिलाले युवतीलाई यातना दिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । राजधानीको भद्रकाली मन्दिरमा हप्ता दिन अघि ती महिलाले युवतीलाई यातना दिएकी थिईन् । 

सामाजिक सञ्जालमा ती महिलाले युवतीलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो । युवतीलाई कुटपिट गर्ने महिला बुटवलकी विष्णु कुँवर भएको खुलेको छ । प्रहरीले उनीसँग टेलिफोनमा कुराकानी गरेपनि ती महिलालले ठेगाना बताएकी छैनन् । उनलाई प्रहरीले बोलाए पनि उनले आउने नआउने विषयमा केही बोलेकी छैनन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पीडितको पहिचान भएपछि थप कारबाही अघि बढ्नेछ ।

यसअघि पनि प्राकृतिक विपत्ति र भुकम्प आउँछ भन्दै नागरिकमा आतंक सिर्जना गरेका कारण आफुलाई युवा ज्योतिष भन्ने अर्जुन थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved