भारतीयले लिएको नेपाली नागरिकता रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 03:33:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पाँच जना भारतीयले लिएको नेपाली नागरिकता रद्द गरेको छ । धनुषा, सप्तरी र रौतहट जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता लिएका ५ जनाको नागरिकता रद्द गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

सप्तरीबाट नागरिकता लिएका जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिएका धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट नागरिकता लिएका जमुना राउत भन्ने यमुना सिंह र कृपाली राउत भनिने कृपाली सिंहको नागरिकता रद्द गरिएको हो ।

सरकारले भारतीयलाई नेपाली नागरिकता दिलाउन मद्दत गर्ने अधिकारीविरूद्ध अनुसन्धान सुरु गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved