‘धर्ती माता हुँ’ भन्ने महिला पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 10:29:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आफूलाई धर्ती माता बताउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । धर्ती माता हुँ भन्ने महिलाले राजधानीको भद्रकाली मन्दिरमा हप्ता दिन अघि एक युवतीलाई यातना दिएकी थिईन् । 

पक्राउ पर्ने महिला बुटवलकी विष्णु कुँवर हुन् । प्रहरीले उनीसँग बिहिबार टेलिफोन कुराकानी गरेको थियो । तर उनले आफू बस्ने ठाउँ भनेकी थिइनन् । 

यसअघि पनि प्राकृतिक विपत्ति र भुकम्प आउँछ भन्दै नागरिकमा आतंक सिर्जना गरेका कारण आफुलाई युवा ज्योतिष भन्ने अर्जुन थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved