युवतीमाथि तिखो हतियार प्रहार गर्ने कार्की को हुन् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 28, 2019 | 12:48:28 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा युवतीमाथि तिखो बस्तु प्रहार हुन थालेपछि सर्तकता अपनाउन थालिएको छ । प्रहरीले रोग सार्ने नियतले सिरिन्ज आक्रमण भएको हुन सक्ने भन्दै आक्रमणमा परेका युवतीलाई एचआईभि एसड् विरुद्दको औषधि नै खुवाएको छ ।

यसरी आक्रमण गर्ने शन्तोष कार्कीलाई प्हरीले पक्राउ गरेको छ ।

को हुन् कार्की ? 

दिनदिनै यस्ता घटना बाक्लिन थालेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यसैक्रममा शंकास्पद एक व्यक्तिलाई प्रहरीले राजधानीबाट बिहिबार राती पक्राउ गर्यो । पक्राउ परेका व्यक्ति हुन् रामेछापको खाँडादेवी गाउँपालिका–३ का शन्तोष कार्की । 

उनी १२ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएका व्यक्ति हुन् । कार्कीले भगवती मावि खाँडादेवीबाटै २०६० सालमा सेकेन्ड डिभिजनमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए ।

त्यसपछि उनी अध्ययनका लागि भन्दै काठमाडौं आएका थिए । काठमाडौं क्याम्पस ताहचलमा भर्ना भएका उनले कक्षा ११ को परीक्षा दिएनन् । गोदावरीस्थित भ्यू भ्याली होटलमा वेटरको काम गर्न थाले । त्यहाँ काम सिकेर उनी २०६९ सालमा साउदी अरब गएको देखिएको छ । 

साउदीमा उनले वर्गर कम्पनीमा ५ वर्ष काम गरे । साउदीमा ५ वर्ष काम गरेपछि उनी २०७४ अन्तिमका नेपाल फर्किएका थिए । विदेशबाट कमाएर ल्याएको पैसाले उनले महाराजगन्जको भाटभटेनी सुपर मार्केटअगाडि ५५ लाख रुपैयाँ लागतको फास्टफुड रेस्टुरेन्ट खरिद गरी सञ्चालन गर्दै आएका थिए । 

के हुन्छ कारबाही ? 

कार्कीलाई मुलुकी अपराध संहिता ऐन २०४७ को परिच्छेद ५ को दफा १०४ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । उक्त दफा अनुसार कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने वा कुनै रौग फैलाउने नियतले काम गर्न नहुने उल्लेख छ । सोहीअनुसार प्रहरीले मुद्दाअगाडि बढाएमा १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved