प्रेट्रोल पम्प स्थापनाको लागि नयाँ मापदण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 03:06:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं ५को सरकारले पेट्रोलपम्प स्थापनाका लागि मापदण्ड निर्धारण गरेको छ ।  सरकारले प्रदेशअन्तर्गतका राजमार्ग किनारामा पेट्रोलपम्प स्थापनाका  लागि भिन्न भिन्न मापदण्ड निर्धारण गरिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले सडक छेउमा फ्युल फिलिङ स्टेशन स्थापनाका लागि मापदण्ड २०७६ स्वीकृत गरी पेट्रोलपम्प स्थापना मापदण्ड सार्वजनिक गरेको हो । यो मापदण्ड नयाँ पम्प स्थापना गर्दा लागू हुनेछ । 

नयाँ मापदण्डअनुसार प्रदेशमा पर्ने राष्ट्रिय राजमार्गहरुमा पेट्रोलपम्प स्थापना गर्दा अब राष्ट्रिय राजमार्गसँग प्रादेशिक राजमार्ग वा दुई जिल्लाको केन्द्र जोड्ने प्रमुख सडक एकापसमा काटिएर बनेको चोकदेखि प्रादेशिक राजमार्ग वा दुई जिल्लाको केन्द्र जोड्ने प्रमुख सडकतर्फ एक किलोमिटरभन्दा बढी दुरी हुनुपर्ने व्यवस्था गरिएको छ । 

पहाडी जिल्लाका सडकका हकमा राष्ट्रिय राजमार्गसँग प्रादेशिक राजमार्ग वा दुई जिल्लाको केन्द्र जोड्ने प्रमुख सडक एकापसमा काटिएर बनेको चोकदेखि प्रादेशिक राजमार्ग वा दुई जिल्लाको केन्द्र जोड्ने प्रमुख सडकतर्फको पम्पको दूरी ५०० मिटरभन्दा बढी हुनुपर्नेछ । 

मापदण्डअनुसार नगर तथा गाउँपालिका जोड्ने सडकका चोकमा ५०० मिटरभित्र ‘फ्युल फिलिङ स्टेशन’ स्थापना गर्न नपाइने व्यवस्था गरिएको छ । यो मापदण्डमा पहाडी जिल्लाका लागि भने ३०० मिटर कायम गरिएको छ । 

मापदण्डमा फ्युल स्टेशन परिसरभित्र पानीको पर्याप्त उपलब्धता, महिला तथा पुरुषका लागि अलगअलग शौचालय र अपाङ्गमैत्री शौचालयको समेत व्यवस्था हुनुपर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved