जङ्गली च्याउ खाँदा एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 03:58:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपुरमा विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको विकट गाउँ राम्सिराङमा जङ्गली च्याउ पकाएर खाँदा तीन दिनदेखि बिरामी रहेका चेपाङ परिवारका चार जनामध्ये १३ वर्षीया बुञ्जीमाया प्रजाको मृत्यु भएको हो ।

च्याउ खाँदा उनका ४५ वर्षीया बाबु डिबबहादुर चेपाङ, १८ वर्षीया दाई बच्चालाल चेपाङ र सात वर्षिय भाइ बाल्टा चेपाङ सिकिस्त बिरामी परेका स्थानीयवासी धिराङ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल घलानले जानकारी दिए । घलानका अनुसार कक्षा ६ मा पढ्ने बुन्जीमायाको मृत्यु भएपछि मात्रै च्याउ खाएर बिरामी भएको घटना बाहिरिएको हो । 

बिरामीलाई उपचारका लागि अस्पताल लैजाने प्रयास भइरहेको र विकट भएकै कारण अस्पताल लैजान समस्या परेको घलानले बताए ।

ढिलोगरी जानकारी आए पनि घटनास्थलतर्फ प्रहरी टोली परिचालन भइसकेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved