जीप दुर्घटनामा चालकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2019 | 10:34:43 AM मा प्रकाशित

laxmi  sunrise bank

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दङ्गीशरण श्रीगाउँ नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा दङ्गीशरण ७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

रा १ ज ४३६ नं को जीप अनियन्त्रित भई बिहान ८ः३० बजे दुर्घटना हुँदा गम्भीर घाइते भएका ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । 

जीपमा रहेका अन्य तीन जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved